सम्माननीय राष्ट्रपतिज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय नवनियुक्त राजदूतबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७साल जेठ २० गते सोमबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री गणेशप्रसाद ढकालले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली) प्रवक्ता