सम्माननीय राष्ट्रपतिज्यूबाट संविधानसभा पदकबाट विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७६ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान सभाका माननीय सदस्यहरुलाई नेपालको संविधान निर्माणमा योगदान पुर्‍याएबापत संविधानसभा पदकबाट विभूषण प्रदान गर्ने मिति २०७६ साल जेठ १४ मा निर्णय भएअनुसार सम्वत २०७६ साल जेठ १६ गते बिहीबारका दिन राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच संविधानसभा पदकबाट विभूषित गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता