सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल मंसिर १७ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७२/०७३ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको सन्ताउन्नौ वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालयका एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता