सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल चैत ४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. नाइजेरिया H.E. Maj. Gen. Chris Sunday Eze (Rtd) गैरआवासीय
2. स्लोभाक गणतन्त्र H. E. Ivan Lančarič गैरआवासीय
3. नेदरल्याण्ड H.E. Mr. Marten Cornelis Van Den Berg गैरआवासीय
4. भियतनाम H.E. Mr. Pham Sanh Chau गैरआवासीय

 

 

(छविन्द्र पराजुली)

२०७५ साल चैत ४ गते सोमबार                          प्रवक्ता