सम्माननीय राष्ट्रपतिज्यू न्यूयोर्कको औपचारिक भ्रमण सम्पन्‍न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  संयुक्त राष्ट्र संघको ७३औं महासभाका महामहिम अध्यक्षको निमन्त्रणामा महिलाहरुको अवस्थासम्बन्धी आयोग (Commission on Status of Women) को ६३औं अधिवेशनमा हुने ‘Women in Power’ विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन मिति २०७५ साल फागुन २६ गते आइतबार औपचारिक भ्रमणको सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्‍न गरी आज मिति २०७५ साल चैत्र १ गते शुक्रबार स्वदेश फर्कनु भयो ।

(छविन्द्र पराजुली)

प्रवक्ता