सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल फागुन १० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्री H.E. Mr. Mark Lancaster TD VR MP ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा बेलायत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता