सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल माघ २५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता