सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल माघ १३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको स्वीट्जरलैण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् मित्रराष्ट्र स्वीट्जरलैण्डसंग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भयो । सो अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीप कुमार ज्ञवाली, माननीय अर्थमन्त्री डा. युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता