सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४औं सम्मेलनको उद्‌घाटन समारोहमा भाग लिन सम्वत् २०७५ साल मंसिर १५ गते शनिबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा सम्माननीय राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता