सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor बाट शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor (सरकार प्रमुख) H.E. Daw Aung San Suu Kyi बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भयो । सो अवसरमा नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता