सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल मंसिर १२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) का राजदूत H.E. Kim Yong Hak ले विदाई भेट गर्नुभयो । सो अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता