आज मिति २०७५ साल असोज २३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi Saigo ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् जापानी राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति थियो ।
(छविन्द्र पराजुली)
प्रवक्ता