सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज २३ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत H.E. Mr. Adam Burakowski ले शिष्टाचार भेट  गर्नुभयो । सो अवसरमा पोल्याण्ड र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् पोल्याण्ड सरकारका अधिकारीहरुको समेत उपस्थिति थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता