सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल असोज २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको हालै सम्पन्न संयुक्त राष्ट्र संघको ७३औं महासभामा सहभागिता एवम् मित्रराष्ट्र कोष्टारिकाको औपचारिक भ्रमण सम्बन्धमा भएका आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भयो । सो अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीप कुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता