सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भारतका पूर्व प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति श्री रामनाथ कोभिन्दलाई समवेदना सन्देश पठाउनुभएको छ ।

त्यसै गरी  सम्माननीय राष्ट्रपतिज्यूले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोवेल पुरस्कार विजेता एवम् विख्यात कूटनीतिज्ञ श्री कोफी आनानको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता