सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल साउन २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ ।

सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री लक्की शेर्पा अष्ट्रेलिया गणतन्त्र फिजी
२. श्री झविन्द्रप्रसाद अर्याल ईजिप्ट लिविया
३. श्री प्रकाश कुमार सुवेदी अष्ट्रिया स्लोभेनिया

(छविन्द्र पराजुली)

प्रवक्ता