सम्माननीय राष्ट्रपतिज्यू एघारौं गणतन्त्र दिवस, २०७५ का अवसरमा आयोजित जलपान समारोहमा सरीक

आज मिति २०७५ साल जेठ १४ गते सोमबार एघारौं गणतन्त्र दिवस, २०७५ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरु, प्रतिनिधि सभाका विपक्षीदलका नेताज्यू, पूर्व उपराष्ट्रपतिज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरुलगायत नेपालको राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक लगायत राष्ट्रिय जीवनका विविध क्षेत्रमा ख्यातिप्राप्त गर्नु भएका लब्ध प्रतिष्ठित विशिष्ट महानुभावहरु समेतको उपस्थिति रहेको थियो । उक्त समारोहमा आमन्त्रित सम्पूर्ण अतिथिहरुलाई राष्ट्रपतिको कार्यालयका सचिव श्री विनोद के सी ले स्वागत गर्नु भएको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता