आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।
क्र.सं. | नामथर | ठेगाना |
१. | डा. युवराज खतिवडा | झापा |
२. | श्री रामनारायण विडारी | मकवानपुर |
३. | डा. विमला पौड्याल | मोरङ |
(कुलप्रसाद चुडाल)
प्रवक्ता