सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगकाबाट राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेश

आज मिति २०७४ साल माघ २८ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका अन्य आयुक्तहरु समेतको उपस्थिति थियो ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता