आज मिति २०७४ साल माघ २५ गते विहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका नवनियुक्त महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
1. | स्वीट्जरल्याण्ड | H.E. Ms. Elisabeth Von Capeller | आवासीय |
2. | सुडान | H.E. Mr. Sirajuddin Hamid Yousif | गैरआवासीय |
3. | पानामा | H.E. Dr. Gilberto LLerena Garcia | गैरआवासीय |
4. | जाम्बिया | H.E. Mrs. Judith K.K. Kangoma-Kapijimpanga | गैरआवासीय |
(हरिप्रसाद दवाडी)
सहसचिव