सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर २५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General Min Aung Hlaing बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र म्यानमारबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  म्यानमार सेनाबीच सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत, म्यानमार सेनाका पदाधिकारीहरु र राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

(कुलप्रसाद चुडाल)

प्रवक्ता