सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल मंसिर २४ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि म्यानमारका आवासीय राजदूत H.E. Mr. Thiri Pyanchi U Tun Nay Linn ले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता