नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् सम्पन्न भएको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आम नेपाली आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुले उत्साहपूर्वकसहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछु ।
नेपाललाई आर्थिक सामाजिक रुपले समृद्ध बनाउने दिशामा यहाँहरुबाट निर्वाचनमा भएको सहभागिताले ठोस योगदान पुर्याएको छ भन्ने मलाइ लाग्दछ । साथै जनप्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरको रुपमा रहेको यस निर्वाचनमा तपाईहरुले उत्साह, उमङ्ग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ वनाउन सहयोग पुर्याउनु भएको मैले महसुस गरेको छु ।
निर्वाचन सम्पन्न र सफल गराउन आ-आफ्नो क्षेत्रबाट अथक परिश्रम तथा अमूल्य सहयोग गर्ने नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक, सुरक्षा निकाय, निर्वाचन पर्यवेक्षण निकाय तथा आमसञ्चार जगत समेत सबैलाई धन्यवाद दिन चाहन्छु ।
धन्यवाद !
२०७४ साल मंसिर २२ गते शुक्रबार ।