सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्वप्रधानमन्त्री स्वर्गीय कीर्तिनिधि विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको २०७४ साल कार्तिक २५ गते शनिबार भएको असामयिक दुःखद निधनबाट सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाकालागि निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय रहिरहनेछ । स्वर्गीय विष्ट आफ्नो सम्पूर्ण जीवन नै राष्ट्रप्रति समर्पण गरी एउटा राष्ट्रवादी नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सम्माननीय राष्ट्रपतिज्यू आज स्वर्गीय कीर्तिनिधि विष्टको निजी निवास ज्ञानेश्वरमा जानु भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भावपूर्ण समवेदना प्रकट गर्नुभएको थियो ।

 

(कुल प्रसाद चुडाल)

प्रवक्ता