सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि युएईका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल कार्तिक २१ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युएईका महामहिम  राजदूत Mr. Saeed Hamdan Al-Naqbi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा महामहिम राजदूत Mr. Saeed Hamdan Al-Naqbi ले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय राष्ट्रपतिज्यूको निकट भविष्यमा हुने संयुक्त अरव इमिरेट्सको प्रस्तावित भ्रमणको सिलसिलामा His Highness Sheikh Mohammed Bin Zayed Al Nahyan, Crown Prince of Abu Dhabi and Deputy Supreme Commander of UAE Armed Forces ले पठाउनु भएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भयो । उक्त भेटका अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा समेत कुराकानी भयो ।

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता