सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रस्तावित “कुमारी” बाट भेट

आज मिति २०७४ साल असोज १० गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रस्तावित “कुमारी” श्री तृष्णा शाक्यले साक्षात्कार भेट गर्नुभयो । जिवित देवीका रुपमा परिचित र आसिन काठमाडौंका वर्तमान “कुमारी” उमेर हदका कारण प्रतिस्थापन गरी नव सुकन्यालाई काठमाडौंका “श्रीकुमारी” को रुपमा नियुक्ति, स्थापना एवं धार्मिक रुपमा वरण गर्न गुठी संस्थान सञ्चालक समितिको मिति २०७४/६/९ को बैठकको निर्णय भई प्रस्तावित कुमारीलाई सम्माननीय राष्ट्रपतिज्यूसमक्ष साक्षात्कारका निमित्त प्रस्तुत गरिएको थियो । उक्त भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिहरुको समेत उपस्थिति थियो ।

(कृष्ण मुरारी न्यौपाने)

सहायक प्रवक्ता