आज मिति २०७३ साल असोज १८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
| सि.नं. | विवरण |
| १. | विशेष आर्थिक क्षेत्रको स्थापना, संचालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३ |
| २. | कर्मचारी सञ्चय कोषलाई संशोधन गर्न बनेको विधेयक, २०७३ |
| ३. | लेखापरीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३ |
| ४. | निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधेयक, २०७३ |
| ५. | बैंकिङ कसूर तथा सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३ |
| ६. | सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक, २०७३ |
(केशव प्रसाद घिमिरे)
उपसचिव


