संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१/२० को सिफारिसमा सम्वत् २०८० साल वैशाख २४ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

२०८० साल वैशाख २० गते बुधबार ।

(सागर आचार्य)

प्रवक्ता