विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

१०डिसेम्बर २०१७ का दिन६९ औं विश्‍व मानव अधिकार दिवसनेपालमामनाउन लागिएको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता गरेकोरमानव अधिकारको कार्यान्वयनको लागि विभिन्‍न निकायहरुको व्यवस्था भएकोमा मलाई खुसी लागेको छ । राज्यका निकायहरुबाट हुने कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास जनतालेगर्ने छन् भन्‍ने मलाई लाग्छ ।मानव अधिकारको शिलसिलामा हामीहरुले सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकता जस्ता कुराहरुलाईसमेत मनन गर्नु पर्छ भन्‍ने मलाई लाग्छ ।

अन्तमा, यस दिवसले मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न संलग्न हुनुहुने सबैलाई सफलता र प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

२०७४ साल मंसिर २४ गते आइतबार