विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

मर्यादा पुरुषोत्तम भगवान श्री राम र माता जानकीको विवाह सम्पन्न भएको मार्ग शुक्ल पञ्‍चमी तिथिको यस पावन दिन विवाह पञ्चमीको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको चाडपर्व र संस्कृति नेपालका अमूल्य नीधि हुन् । हाम्रो देश नेपाल धार्मिक सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने विवाह पञ्चमी जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरुवीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ ।

अन्त्यमा, यस पावन उत्सवले नेपालीहरु वीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‍भाव र सहिष्णुता सुदृढ बनाउन मद्दत पुगोस् भन्‍ने कामना गर्दछु ।

 

धन्यवाद !

२०७४ साल मंसिर ७ गते बिहीबार ।