विज्ञप्ति

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थन सहितको पत्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीले पेश गर्नु भयो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेताहरुको समेत उपस्थित थियो ।

(कुलप्रसाद चुडाल)

प्रवक्ता