राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल माघ १५ गते, बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६०  बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका माननीय आयुक्तहरू समेतको उपस्थिति थियो ।

 

(हरि प्रसाद दाहाल)

प्रवक्ता