राजदूतबाट शिष्टाचार विदाई

आज मिति २०७७ साल जेठ ३० गते, शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत महामहिम Mr. Park Youngsik ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा दक्षिण कोरिया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

 

(हरि प्रसाद दहाल)

प्रवक्ता