मन्‍त्री नियुक्ति गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ ।

क्र.सं. नाम, थर पद कार्यभार
१. श्री नारायण प्रकाश साउद मन्त्री परराष्ट्र
२. श्री नन्दा चपाई राज्यमन्त्री भौतिक पूर्वाधार तथा यातायात

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्मानननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूले राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।

२०८० साल वैशाख ३ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता