मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
1.               श्री खगराज अधिकारी मन्त्री गृह
2.               श्री राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति
3.               श्री नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि
4. श्री ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास
5.               श्री नारद मुनि राना मन्त्री वन तथा वातावरण
6. श्री गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
7. श्री मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

 

साथै, आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसमक्ष देहाय बमोजिमका नवनियुक्त माननीय राज्यमन्त्रीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

 

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
1 श्री आशाकुमारी वि.क. राज्यमन्त्री वन तथा वातावरण

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता