मन्त्रिपरिषद् गठन

आज मिति २०७७ साल असोज २८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

क्र.सं.   नाम, थर पद कार्यविभाजन
१.               श्री केपी शर्मा ओली प्रधानमन्त्री रक्षा
२.               श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३.               श्री रामबहादुर थापा मन्त्री गृह
४.              श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
५.               श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
६.               श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
७.               श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
८.              श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
९.               श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
१०.           श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री सहरी विकास
११.            श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
१२.            श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१३.            श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४.          श्री शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
१५.           श्री रामेश्‍वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६.            श्री जगतबहादुर सुनार (विश्‍वकर्मा) मन्त्री युवा तथा खेलकुद
१७.           श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८.           श्री बीना मगर मन्त्री खानेपानी
१९.           श्री वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२०.           श्री पार्वत गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
२१.            डा. शिवमाया तुम्बाहाङफे मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
२२.           श्री लिलानाथ श्रेष्ठ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
२३.            श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४.          श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
२५.           श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता