सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।
क्र.सं. | नाम, थर | पदनाम | कार्यविभाजन |
१ | श्री शेरबहादुर देउवा | प्रधानमन्त्री | उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या । |
२ | श्री बालकृष्ण खाँण | मन्त्री | गृह |
३ | श्री ज्ञानेन्द्रबहादुर कार्की | मन्त्री | कानून, न्याय तथा संसदीय मामिला |
४ | श्री पम्फा भुसाल | मन्त्री | ऊर्जा, जलस्रोत तथा सिंचाइ |
५ | श्री जनार्दन शर्मा | मन्त्री | अर्थ |
आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता