प्रेस विज्ञप्ति

विज्ञप्ति

आज विभिन्न सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको कार्यालयको लेटर हेड प्रयोग गरेर प्रवक्ताको नाममा “राष्ट्रपतिको कार्यालयको विज्ञप्ति” भनी जारी भएको भ्रामक विवरण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । उक्त व्यहोराको विज्ञप्ति यस कार्यालयबाट जारी नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।

२०८० साल जेठ १६ गते मङ्‌गलबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता