प्रेस विज्ञप्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू थप उपचारको लागि मिति २०८० साल वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई हाल उपचाररत रहनु भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ । एन्टिबायोटिक उपयोगका कारण उहाँमा शारीरिकरूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरूबाट अवगत हुन आएको व्यहोरा समेत जानकारी गराइन्छ ।

२०८० साल वैशाख १२ गते मङ्‌गलबार ।

(सागर आचार्य)

प्रवक्ता