प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७५ को अवसरमा मिति २०७५ कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरु तथा निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुलाई अपरान्ह १:०० बजे देखि २:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:०० बजे देखि ४:०० बजे सम्म टीकाको कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

  (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता