प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. नाम थर प्रदेश
श्री सोमनाथ अधिकारी “प्यासी” प्रदेश नं. १
श्री गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश
श्री गंगाप्रसाद यादव सुदूरपश्चिम प्रदेश

२०७८ कात्तिक २३ गते मंगलबार

(सागर आचार्य)

प्रवक्ता