प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय तिलक परियार क्यानडाको ओटावामा २०७९ असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सम्माननीय प्रधानमन्त्रीको सिफारिस बमोजिम लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनलाई तोक्नु भएको छ ।

२०७९ साल असोज १४ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता