प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल माघ १३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री अग्नि प्रसाद सापकोटाज्यूले राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।  सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू लगायत विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।

 

(हरि प्रसाद दाहाल)

प्रवक्ता