नेपाल सरकारको तथा राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७७ साल पुस २३ गते, बिहीबारका दिन राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

त्यसैगरी सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

सो अवसरमा माननीय गृहमन्त्री श्री रामबहादुर थापाज्यू, माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलज्यू, माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता