नेपाल-फ्रान्स संसदीय समुहका President, Madam Veronique Riotton बाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल-फ्रान्स संसदीय समुहका President, Madam Veronique Riotton ले राष्ट्रपति भवन, महाराजगञ्‍ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो ।

 

२०७८ साल फागुन २६ गते बिहीबार

(सागर आचार्य)

प्रवक्ता