नेपालको आवासीय राजदूत पदमा नियुक्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रीता धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल असोज २२ गते मङ्‌गलबार।

ने.सं. ११४४ कौलाथ्व पञ्चमी।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता