निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू उपचारको लागि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई हाल उपचाररत रहनु भएकोले नेपालको संविधानको धारा ६७ को उपाधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने छ भन्ने व्यवस्था अनुसार निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८० निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो।

२०८० साल वैशाख १५ गते शुक्रबार।

(सागर आचार्य)

प्रवक्ता