नवनिर्वाचित राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

नवनिर्वाचित सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूसमक्ष राष्ट्रपति भवनमा एक विशेष समारोहकाबीच राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको छ ।

साथै, सोही समारोहमा निवर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले विदाई उपहार प्रदान गर्नु भयो ।

 

२०७९ साल फागुन २९ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता