विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरूलाई तपसिलमा उल्लेख भएका देशहरूका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
तपसिल:
सि.नं. | राजदूतहरूको नाम | आवासीय राजदूत रहेको देश | गैरआवासीय राजदूत नियुक्त गरेको देश |
१. | श्री कैलाशराज पोखरेल | अष्ट्रेलिया | पपुवा न्यूगिनी |
२. | श्री निर्मलराज काफ्ले | ब्राजिल | कोलम्बिया |
३. | प्रा.डा. राम स्वार्थ राय | डेनमार्क | स्वीडेन |
२०८० साल जेठ २२ गते सोमबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता