ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। सो अवसरमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. गणतन्त्र अजरवैजान H.E. Mr. Elchin Huseynli गैरआवासीय
२. गणतन्त्र कोलम्बिया H.E. Dr. Victor Echeverri Jaramillo गैरआवासीय
३. नेदरल्याण्ड H.E. Ms. Marie Louisa Gerards गैरआवासीय
४. गणतन्त्र इस्टोनिया H.E. Ms. Marje Luup गैरआवासीय

२०८१ साल भदौ ३१ गते सोमबार।

ने.सं. ११४४ ञलाथ्व १३ सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

H.E. Mr. Elchin Huseynli, Non-resident Ambassador of the Republic of Azerbaijan. H.E. Dr. Victor Echeverri Jaramillo, Non-resident Ambassador of the Republic of Colombia
H.E. Ms. Marie Louisa Gerards, Non-resident Ambassador of the Netherlands. H.E. Ms. Marje Luup, Non-resident Ambassador of  the Republic of Estonia.